तरकारीको विषादी परीक्षण गर्न प्रयोगशाला

धनुषा । धनुषाको ढल्केवरस्थित कृषि उपज बजार विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ स्थापना गरिएको छ । हरियो तरकार र फलफूलमा विषादीको मात्रा जाँच गर्न प्रयोगशालाको स्थापना गरिएको हो ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले इकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समितिका एक सदस्यले बताए । आउँदो सोमबारबाट परीक्षण सुरु गरिने बताउँदै मापदण्डभन्दा बढी विषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नस्ट गर्ने जानकारी दिइएको छ ।
समतिका अनुसार परीक्षण सुरु गर्नुअघि किसान भेला गरेर कति खेतबारीमा कति मात्रामा विषादी छर्कन र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारी मुलक कार्यक्रम गरिने छ ।

ढल्केवरस्थित कृषि उपज बजार सस्तो मूल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रुपमा प्रसिद्ध छ । आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको ३ दिन लाग्ने यस बजारमा काठमाडौँ, पोखरा, सिन्धुली, जनकपुरलगायत ठुल्ठुला सहरका व्यापारी यहाँ तरकारी तथा फलफूल खरिद गर्न आउने गरेका छन् भने मिथिला, छिरेश्वरनाथ, धनुषाधाम नगरपालिकार र बटेश्वर गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउने गरेका छन् ।

प्रतिक्रिया