काठमाडौं । काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ ।
कलजेकी निर्देशक प्राडा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन् । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताइन् ।
‘ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ’, उनले भनिन्, ‘घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।’
यही साउन ९ गते काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।– ररासस
प्रतिक्रिया