काठमाडौँ । इन्दिरा आइभिएफले बाँझोपन उपचारको बारेमा व्याप्त भ्रम र गलत धारणाहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताएको छ । विश्व आइभिएफ दिवसको अवसरमा आइभिएफले बाँझोपनको बारेमा जागरूकता बढाउँदै भ्रम र अन्धविश्वासलाई तोड्न आव्हान गरेको हो । इन्दिरा आइभिएफकी केन्द्र प्रमुख तथा बाँझोपन विशेषज्ञ डा.नेहा होमागाईले भनिन्, ‘दम्पतीहरूलाई उनीहरूले भोगेका पीडा र संघर्षहरू खुला रूपमा छलफल गर्न र उनीहरूको अभिभावकत्वको सपना हासिल गर्न आवश्यक उपचार खोज्न प्रोत्साहित गरौँ ।’
त्यस्तै, इन्दिरा आइभिएफमा कार्यरत प्रजनन विशेषज्ञ डा.मनिषा आचार्यले विशेष गरी कम शुक्रकीट संख्याका कारण हुने पुरुष बाँझोपनको समस्या नेपालमा धेरै रहेको बताइन् । उनले इन्दिरा आइभिएफ नेपालमा उपचारका लागि आउने धेरै बिरामीहरूले यसअघि अन्यत्र असफल आइभिएफ प्रयासहरू गरिसकेको र हाल आफूहरूकहाँ आउने गरेको दाबी गरिन् । उनले भनिन्, ‘उन्नत प्रविधि र व्यक्तिगत हेरचाहको साथ इन्दिरा आइभिएफ नेपाल आफ्नो परिवार सुरु गर्न प्रयासरत जोडीहरूलाई आशा दिनुको साथै समाधान पनि गर्छ ।’
प्रतिक्रिया