पर्वतमा १ वर्षमा ३० किमी सडक कालोपत्र

पर्वत । जिल्लामा बर्सेनि सडक निर्माण र स्तरन्नोति कार्य बढ्दो क्रममा रहेको छ । जिल्लाका विभिन्न ग्रामीण सडक कालोपत्र हुने दर प्रत्येक बर्ष बढेर गएको हो । गत बर्ष १९ किलोमिटर थप ग्रामीण सडक कालोपत्र भएको पर्वतमा यस बर्ष झण्डै ३० किलोमिटर सडक कालोपत्र भएका छन् ।

जिल्लामा हालसम्म कुल १ सय ६२ किलोमिटर ग्रामीण सडक कालोपत्र भइसकेका छन् । जिल्लाका विभिन्न ७ वटा पालिकाहरुका झण्डै २२ वटा मुल सडकमा १ सय ६२ किलोमिटर पक्कि सडक निर्माण भएको हो ।

गत आर्थिक बर्ष २०८०/८१ मा प्रदेश सरकार अन्तर्गतको कार्यालय पूर्वाधार विकास कार्यालय मार्फत झण्डै २० किलोमिटर सडक कालोपत्र भएको कार्यालयले जनाएको छ । जिल्लाको जलजला गाउँपालिकाको धाइरिङ, मोदीको देउपुर लगाएतका ग्रामीण सडकहरुमा उक्त कालोपत्रको काम ढलान सहित सम्पन्न भएको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए ।

यसैगरी संघीय सरकार अन्तगृतको सहरी विकास कार्यालय मार्फत जिल्लाका विभिन्न ग्रामीण सडकहरुमा झण्डै १० किलोमिटर सडक ढलानसहित कालोपत्र भएको छ । कार्यालयका इन्जिनियर विकास पौडेलका अनुसार बजेट अभावका कारण अझै केहि आयोजनाको काम बाँकी रहेको र चालु आर्थिक बर्षमा ति कामहरु पनि पुरा हुनेछन् । कार्यालयले सडकसंगै भवन निर्माणको काम समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया