सन् अफ सरदारको सिक्वेल बन्दै

नयाँदिल्ली । अजय देवगन र सञ्जय दत्तको सुपरहिट कमेडी फिल्म ‘सन अफ सरदार’ सन् २०१२ मा रिलिज भएको थियो । अब यसको सिक्वेल बन्न लागेको हो । यस पटक सोनाक्षी सिन्हाको स्थानमा मृणाल ठाकुर देखिनेछिन् ।

अहिले यो फिल्ममा अर्की नायिका पनि प्रवेश गरेकी छन् । उनी चर्चित वेब सिरिज ‘सेक्रेड गेम्स’सँग जोडिएकी छन् । फिल्मसँग सम्बन्धित एक व्यक्तिले भने– ‘सन अफ सरदार २’ मा अजय देवगन, सञ्जय दत्त र मृणाल ठाकुरसँगै कुब्रा सैत सामेल भएका छन् । उनको भूमिकाको बारेमा अहिलेसम्म केही खुलाइएको छैन, तर फिल्ममा उनले रोचक भूमिका निर्वाह गर्ने बताइएको छ ।

कुब्ब्रा सैतसँग फिल्मको छायांकन अर्को महिनाबाट सुरु हुँदैछ । यसको ठुलो हिस्सा विदेशमा छायांकन हुनेछ । यो चलचित्रलाई विजय अरोराले निर्देशन गर्दैछन् । यसको रिलिज मिति भने तय भएको छैन । तर अर्को वर्ष दीपावलीमा रिलिज हुन सक्ने बताइएको छ ।

फिल्ममा सञ्जय दत्त र अजय देवगन फेरि बिल्लु र जस्सीको भूमिकामा देखिनेछन् । मिडिया रिपोर्टका अनुसार चर्चित अभिनेता सनी देओल पनि फिल्ममा महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

प्रतिक्रिया