अमेरिका–चीन ओलम्पिक भिडन्त : पौडी र जिम्न्यास्टिक निर्णायक

पेरिस । अमेरिकी पौडीबाज क्रिस गुलियानो सन् २०२३ को पौडी विश्व च्याम्पियनसिप टोलीमा रहने अनुमान कसैको थिएन । सो समयमा गुलियानोले सबैलाई आश्चर्यमा पार्दै टोलीमा अटाए । उनले जुन २०२४ मा भएको अमेरिकी छनोटमा सबैलाई आश्चर्यमा पार्दै ५० मिटर फ्रिस्टाइल, १०० मिटर फ्रिस्टाइल तथा २०० मिटर फ्रिस्टाइलमा ओलम्पिक छनोटमा सफलता पाए । उनको त्यो स्तरका कारण अमेरिकी टोली फेरि ४ गुणा १०० मिटर रिलेको स्वर्ण पदक दाबेदार त भयो, तथापि ३ वटै व्यक्तिगत स्पर्धामा स्वर्ण पदकको दाबेदार देखिँदैन । तर, अमेरिकी समर्थकको चासो यो पनि छ कि, उनको प्रगतिको क्रम ओलम्पिकसम्म अझ बढ्ने या रोकिने ? यसले पक्कै पनि पदक तालिकामा प्रभाव पार्नेछ ।

सन् १९८० को मस्को ओलम्पिक पुँजीवादी देशले बहिष्कार गरेका थिए । सो समयमा सोभियत संघले सानदार सफलता पाएको थियो । सन् १९८४ को लस एन्जल्स ओलम्पिक कम्युनिस्ट देशले बहिष्कार गरेका थिए । सो ओलम्पिकमा अमेरिकी टोलीले सानदार सफलता पाएको थियो । यीबाहेक अन्य ओलम्पिकमा शीर्ष स्थानका लागि प्रतिस्पर्धा भएको थियो । फरक यति हो – सो समयमा अमेरिकाको प्रतिस्पर्धा सोभियत संघसँग हुने गरेको थियो भने अहिले चीनसँग हुने गरेको छ । युक्रेनमाथि गरेको हमलाका कारण प्रतिबन्धित रुसको भने यो ओलम्पिकमा सहभागिता छैन ।

चीन र अमेरिकाबीच सन् २०२१ मा भएको टोकियो ओलम्पिकमा १ पदकको फरकमा शीर्ष स्थानको छिनोफानो भएको थियो । यही अवस्था अहिले पनि छ । सर्वेक्षण संस्था ग्रेसनोटले २ महिनाअघि नै १ स्वर्ण बढी ल्याएर अमेरिका पहिलो हुने प्रक्षेपण गरेको छ । परन्तु तत्कालीन समयकै फर्मले स्थान निर्धारण गर्ने कुरामा कुनै शंका छैन । के साँचो हो भने यस पटक पनि चीन र अमेरिकाबीच नै तीव्र प्रतिस्पर्धा छ ।

चीनको थोरै खेलमा प्रभाव छ । ती खेलमा चिनियाँ खेलाडीको पहिलो स्थान पक्का जस्तै छ । डाइभिङका ८ स्पर्धा, महिला भारोत्तोलनका केही स्पर्धा र टेबलटेनिसमा चीनको स्वर्ण पदक यात्रालाई कसैले पनि रोक्न सक्दैन । यसरी चिनियाँ स्वर्ण पदक निश्चितझैँ देखिएको स्पर्धा २० भन्दा धेरै छन् । अमेरिका धेरै अगाडि रहेको स्पर्धा एकदमै कम छ । तथापि अमेरिका स्वर्ण पदकको रेसमा रहने स्पर्धा ५० भन्दा बढी छन् । यीमध्ये कतिमा सफलता पाउनेछ, त्यो नै आसन्न ओलम्पिकको पदक तालिकाको आधार हुनेछ ।

अमेरिकाकै तयारीअनुसार स्केट बोर्डिङ, सर्फिङ, क्लाइम्बिङ, डान्सिङ, रोइङ र साइक्लिङमा विगतको तुलनामा अभूतपूर्व सफलता पाउनेछ । फेन्सिङमा अमेरिकाले टोकियो ओलम्पिकमा ३ स्वर्ण पदक जितेको थियो । त्यसलाई कायम राख्ने लक्ष्य अमेरिकाको छ । अमेरिकाका ६ कुस्तीबाज आशाका केन्द्र बनेका छन् । यीमध्ये २ या ३ जनाले स्वर्ण पदक जित्नेमा अमेरिकी ओलम्पिक कमिटीसमेत ढुक्क छ ।

टिम युएसएकै आधाकारिक साइटले केही खेलाडीलाई आशाको केन्द्रमा राखेको छ । गत टोकियो ओलम्पिकमा मानसिक स्वास्थ्यको कारण देखाउँदै स्टार जिम्न्यास्ट सिमोन वाइल्सले खेल त्याग गरेकी थिइन् । उनी फेरि फर्किएकी छिन् । उनीबाट अमेरिकाले ४ स्वर्ण पदकको आशा राखेको छ । अमेरिकी टोलीले सो खेलमा कुल ५ स्वर्ण पदकको अपेक्षा गरेको छ ।

बास्केटबलमा रहेका ४ स्पर्धाको स्वर्ण पदकको अपेक्षा अमेरिकाको छ । ‘बिच भलिबल’का २, इन्डोर भलिबलमा २ तथा महिला फुटबल अमेरिकाले जित्ने सम्भावना रहेको जनाएको छ । यीबाहेक टेनिसका केही स्पर्धालाई जित्न सक्नेको सूचीमा राखिएको छ । तर, ती खेलमा धेरै प्रतिस्पर्धा भएका कारण सोही ओलम्पिकमा नै टुंगो लाग्ने जनाइएको छ ।

अमेरिका अत्यन्त कमजोर रहेको भारत्तोलनमा यस पटक १ खेलाडीले स्वर्ण जित्ने अनुमान गरिएको छ । पौडीमा पुरानो साख भत्किएको छ भने एथ्लेटिक्समा स्प्रिन्ट र हर्डल्समा प्रभाव देखाएको अमेरिकाका खेलाडी पछिल्लो समय जम्प र थ्रोमा कमजोर हुँदै गएका छन् । पौडीमा रेगन स्मिथले ३ स्पर्धामा प्रतस्पिर्धा गर्दै छिन् । यसैगरी विश्व च्याम्पियन केटी डगल्स पनि २ स्पर्धामा प्रतिस्पर्धा गर्दै छिन् । सो इभेन्टमा ३ देखि ४ शीर्ष खेलाडीको बीचमा अत्यन्त तीव्र प्रतिस्पर्धा भएका कारण यही परिणाम हुन्छ भनेर अनुमान गर्न धेरै कठिनाइ ठानिएको छ । ती इभेन्टले नै पदक तालिकालाई प्रभाव पार्न सक्नेछन् ।

केही स्पर्धामा अमेरिका र चीनबीचकै प्रतिस्पर्धा हुनेछ । यसले पदक तालिकामा अझ धेरै असर गर्न सक्छ । पौडीका केही रिले, पुरुष २०० मिटर ब्रेस्ट स्ट्रोक र महिला भलिबल, महिला सर्टपुट र पौडी महिला १०० ब्रेस्ट स्ट्रोक मुख्य हुन् । चीनको हकमा डाइभिङ, टेबलटेनिस, सुटिङ र महिला भारत्तोलन विशेष खेल हो । ब्याडमिन्टनका केही स्पर्धामा चीन पक्कै बलियो हो । पुरुष जिम्न्यास्टिकमा जापान र चीनमध्ये को हाबी हुने भन्ने विषयले पक्कै पनि पदक तालिकामा असर गर्नेछ ।

भारोत्तोलनमा १० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । १० स्वर्ण मध्ये चीनले ५ तथा अमेरिकाले १ स्वर्ण पदक जित्ने अनुमान गरिएको छ । यस पटक अमेरिकाको सबैभन्दा बढी आशा गरिएको खेल साइक्लिङ पनि हो । साइक्लिङमा विगतमा कमजोर रहेको अमेरिकाले यस पटक उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । टोकियो ओलम्पिकमा १० औ स्थानमा रहेर सन् २०२२ को विश्व च्याम्पियनसिपमा तेस्रो स्थान पाएकी हेरी बेटनले स्वर्ण पदकको आशा राखेकी छिन् । उनको प्रत्येक दिनको उपलब्धिलाई आधार मानेर यो अनुमान गरिएको हो । २५ बर्सिया सेलभीया ब्लन्क पनि पछिल्लो विश्व च्याम्पियनसिपमा २ स्पर्धामा पदक जित्न सफल भएकी थिइन् । उनीबाट अमेरिकाले थप स्वर्णको अपेक्षा गरेको छ ।

टेलर निबले ट्रायोथलन सहित साइक्लिङमा पनि प्रतिस्पर्धा गर्दै छन् । ट्रायथलनमा उनले स्वर्ण जित्ने अनुमान गरिएको छ । यस पटक एकै व्यक्तिले धेरै स्वर्ण पदकको सम्भावनामा जिम्न्यास्ट सिमोन वाइल्स रहेकी छिन् । धेरै स्वर्ण जित्न सक्ने व्यक्तिमा भारतीय मनु भाकर पनि छिन् । भाकरले ३ स्पर्धामा प्रतिस्पर्धा गरी रहेकी छिन् ।

त्यसो त अमेरिकी केटी डगलस पनि आसन्न ओलम्पिकमा हेर्न लायक खेलाडीको रूपमा रहेकी छिन् । पौडीबाज डगलस २ व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गदै छिन् । दुवै स्पर्धामा पदकको सम्भावना अत्यधिक बढी छ । स्वर्णमा भने तीव्र प्रतिस्पर्धा हुने निश्चित झैँ छ । उनले ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा सहभागिता जनाउने छिन् । सो स्पर्धामा अमेरिकाले रजत जित्ने अनुमान गरिएको छ । महिलाको मेड्ली रिलेमा अमेरिकाले विश्व कीर्तिमान सहित स्वर्ण जित्ने अनुमान छ । मिश्रित मेड्ली रिलेमा अमेरिका र चीन बिचमा तीव्र प्रतिस्पर्धा हुने छ ।

एसियाली खेलाडीमा साबिक विजेता तथा विश्व विजेता नीरज चोपरा माथि धेरैको आशा रहेको छ । चोपराले कमनवेल्थ खेलकुद, एसियाली खेलकुद, विश्व च्याम्पियनसिप र ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । यस ओलम्पिकमा चीनका अलावा अन्य एसियाली देशमा कोरिया र जापानको धेरै प्रभाव रहन सक्छ । यसैगरी पूर्वी सोभियत गणराज्य उज्बेकिस्तान र काजकिस्तानको बक्सिङमा प्रभाव रहन सक्नेछ । रुस र बेलारुसका खेलाडीको उपस्थिति बना हुने यस ओलम्पिकमा त्यसको फाइदा कुन दशेलाई हुने भन्ने यकिन छैन ।

प्रतिक्रिया