काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आज हुने उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईविरुद्ध नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी हुन् ।
एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मंगलबार भारतसँग खेल्नेछ ।
सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो । अर्को समूहमा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बंगलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् । यो खेल नेपाली समय अनुसार २ः१५ बजे सुरु हुनेछ ।
लाइभ हेर्न तलको भिडियोमा थिच्नुहोला
प्रतिक्रिया