अभिनेत्री जान्ह्वी अस्पताल भर्ना

काठमाडौँ । बलिवुड अभिनेत्री जान्ह्वी कपुर अस्पताल भर्ना भएकी छिन् । फूड पोइजनिङ्गका कारण उनलाई बिहीवार अस्पताल भर्ना गरिएको हो ।

जान्ह्वी विगत केही दिनदेखि बिरामी थिइन् । स्वास्थ्यमा सुधार नआए पछि उनलाई बिहीवार अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार हाल जान्ह्वीको स्वास्थ्य स्थिर रहेको छ र एक दुई दिनमा उनलाई डिस्चार्ज गरिने छ ।

जान्ह्वी पछिल्लो समय भारतका धनाड्य व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहमा सहभागी भएकी थिइन् ।

प्रतिक्रिया