मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नु लामो समयदेखि चर्चामा छैनन् । गएको वर्ष शाहरूख खानसँग फिल्म ‘डिंकी’ मा देखा परेपछि तापसीको लोकप्रियता हिन्दी सिनेमामा निकै बढेको थियो । १ वर्ष अघिसम्म अभिनेत्रीले हरेक फिल्मका लागि ४ देखि ५ करोड भारु पारिश्रमिक लिन्थिन् । डंकीमा शाहरूखसँग काम गरेयता अभिनेत्रीले अहिले एउटा फिल्मका लागि तापसीले १२ देखि १५ करोड पारिश्रमिक मागिरहेकी छन् । यति मात्रै होइन आफूलाई प्रस्ताव हुने हरेक फिल्ममा आफ्नो कम्पनीलाई निर्माताको रूपमा सामेल गराउने प्रयासमा उनी छन् ।
तापसीले गत वर्ष निर्माताको रूपमा आफ्नो पहिलो फिल्म ‘धक धक’ बनाएकी थिइन् । अहिले उनी आफ्नो हरेक फिल्ममा निर्माता बन्न खोजिरहेकी छन् । फिल्मले नाफा कमायो भने त्यसको निश्चित प्रतिशत उनको कम्पनीले पनि पाउँछ । यस रणनीतिका कारण तापसीले खासै नयाँ फिल्म गरिरहेकी छैनन् । यतिबेला अभिनेत्रीले आफूलाई नायक जत्तिकै महत्व दिने र मुनाफामा हिस्सा पाउने फिल्ममा बढी फोकस गरिरहेको बताइएको छ ।
छिटै ओटिटीमा तापसीको अर्को ‘फिर आयी हसीन दिलरुबा’ रिलिज हुँदै छ । यो फिल्म ‘हसील दिलरुबा’को सिक्वेल हो । यो फिल्म २०२१ मा रिलिज भएको थियो । त्यसयता अभिनेत्रीले ९ वटा फिल्ममा काम गरिसकेकी छिन् । एउटा तमिल र एउटा तेलुगु फिल्म बाहेक सबै फिल्म हिन्दीमा थिए । यीमध्ये अधिकांश फिल्मले बक्स अफिस आशा गरेजस्तो कमाउन सकेन । छिटै अभिनेत्री अक्षय कुमारसँग ‘खेल खेलमे’ मा देखिँदैछिन् ।
प्रतीक गान्धी र प्रतीक बब्बरसँग तापसीको ‘वो लड्की हैं कहाँ’ पनि बनिसकेको छ । यी दुवै फिल्म कहिले रिलिज हुन्छन् थाहा छैन । अभिनेत्रीले सन् २०१० मा तेलुगु फिल्म ‘जुमांडी नादम’बाट नायिकाको रूपमा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् ।
सन् २०१३ को ‘चश्मे बद्दूर’बाट बलिउडमा डेब्यु गरेकी तापसी त्यसयता बलिउडमा सक्रिय छिन् । उनी प्रायः समानान्तर सिनेमामा काम गर्छिन् । ‘बेबी’ र ‘पिंक’ उनका सबैभन्दा सफल र लोकप्रिय व्यावसायिक चलचित्र हुन् ।
प्रतिक्रिया