मिस युनिभर्स नेपाल २०२४ लाई ग्लोबल आइएमई बैंकको साथ

काठमाडौँ । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक भित्रिएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख मार्केटिङ अफिसर दिलीप पोखरेल र मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस वर्षको मिस युनिभर्स नेपाल २०२४ को आवेदन छनोट प्रक्रिया सुरु भइसकेको छ । अडिसनमा नेपाली र एनआरएनको उत्साहजनक सहभागिता रहेको आयोजक ग्लोबल ग्लामर भेन्चरले जनाएको छ । यस वर्ष ट्रान्सजेन्डर, विवाहित, गैरआवासीय महिलाहरू रडाक्टर, इन्जिनियर, पाइलटलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको समावेशी सहभागिता रहेको जनाएको छ । प्रारम्भिक चरणको आवेदन छनोट प्रक्रयामा ६० जनालाई फिजिकल अडिसनको लागि सर्टलिस्ट गरिएको र त्यसबाट ३५ जनालाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले भदौको दोस्रो हप्तातिर हुने आयोजकले जनाएको छ । नेपालमा २०२० देखि सुरु भएको यो सौन्दर्य प्रतियोगिताको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरू राखिएको आयोजकले जनाएको छ । प्रशिक्षणको लागि एलेक्जेन्डर गोन्जालेज र लुइस पोर्टेलिस रहेका छन् । एलेक्जेन्डर इन्टरन्यासनल इमेज कन्सल्टेन्ट र पेजेन्ट कोरियोग्राफर हुन् भने लुइस पेजेन्ट एनालिस्ट हुन् ।

प्रतिक्रिया