वाइवाइले दियो क्रिकेट खेलाडीलाई पुरस्कार

काठमाडौँ । चौधरी समूहको सहायक कम्पनी सिजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सिजी फुड्सले गरेको घोषणाअनुसार उक्त रकम आइसिसी टी–२० विश्वकपमा सहभागी खेलाडीहरूलाई प्रोत्साहनस्वरूप हस्तान्तरण गरिएको हो ।

नेपाली राष्ट्रिय टोलीको टी–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहनस्वरूप प्रत्येक रनको १ हजार, प्रत्येक चौकाको ८ हजार, प्रत्येक छक्काको १२ हजार दिने घोषणा गरेको थियो ।

प्रत्येक विकेटको १५ हजार, प्रत्येक अर्धशतक ५० हजार, प्रत्येक शतकको १ लाख रुपैयाँ दिने भनिएको थियो । त्यसका अतिरिक्त चौधरी समूहले १ लाख ५० हजार नगद उपलब्ध गराउने घोषणा गरेको थियो ।

सुपर ८ मा पुगेमा राष्ट्रिय टोलीलाई ३० लाख दिने घोषणा पनि चौधरी समूहले गरेको थियो । उक्त घोषणाअनुसार विश्वकपमा नेपाली टोलीको समग्र प्रदर्शनका आधारमा कुल रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाको २ लाख १६ हजार र छक्काको १ लाख ८ हजार रुपैयाँसहित जम्मा ९ लाख ४४ हजार र थप ५६ हजार हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया