काठमाडौँ । युट्युबमा चर्चित सिरियल ‘भुन्टी’ टेलिभिजनबाट पनि प्रसारण सुरु भएको छ । सिरियल कान्तिपुर टिभी एचडीमा मंगलबारबाट प्रसारण सुरु भएको हो ।
सिरियलको नयाँ एपिसोड कान्तिपुर टेलिभिजनमा मंगलबार राती ९ बजे प्रसारणमा आएको थियो । विकट गाउँका दर्शकलाई लक्षित गरेर सिरियल टिभीमा ल्याइएको निर्माता, निर्देशक एवं कलाकार आशा गौतमले बताइन् ।
सिरियलको अबको नयाँ भागहरू पहिले कान्तिपुर टेलिभिजनमा र त्यसपछि ‘सुकुमाया टिभी’ युट्युबमा आउने आशाले जानकारी दिइन् ।
प्रतिक्रिया