काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले गायक रवि ओडलाई वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको छ। न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
ओडकी पत्नीले २० चैतमा गायक विरुद्ध कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उजुरी गरेकी थिइन्। आइतबारको सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । प्रहरीमा आत्मसमर्पण गरेका गायक ओड अदालतको आदेशपछि ५ लाख धरौटीमा रिहा भएका थिए ।
प्रतिक्रिया