काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेसँगै क्यासर रोग निवारण रणनीति बनाउने पहिलो निर्णय गरेका छन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले नेपालमा क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढिरहेको भन्दै त्यसको निवारणका लागि रणनीति बनाउन आवश्यक रहेको मन्त्री समक्ष जाहेर गरेका थिए ।
मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति ( २०२४–२०३०) स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् ।
प्रतिक्रिया