मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टले आगामी फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरेकी छन् । यशराज फिल्म्सको यस स्पाइ युनिभर्स फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन् । आलिया सो फिल्ममा जबरदस्त एक्शन सीन गर्ने देखिने छिन् । यसका लागि उनले निकै तयारी गरिसकेकी छिन् । मिडिया रिपोर्टका अनुसार आलिया वाईआरएफ स्पाई युनिभर्सको पहिलो महिला प्रमुख फिल्ममा गोप्य एजेन्टको भूमिकामा देखिनेछिन् । ५ जुलाइबाट फिल्म ‘अल्फा’ को सुटिङ सुरु भइसकेको बताइएको छ ।
सो फिल्ममा आलिया अहिलेसम्मकै अवतार देखिनेछिन् । सुपर एजेन्टको भूमिकाका लागि आलियाले ४ महिनादेखि तयारी गरेकी छिन् । फिल्ममा उनी ५देखि ६वटा ठूला एक्सन सिक्वेन्समा देखिने भएकाले आलियाको फिटनेस निकै महत्वपूर्ण छ ।
चलचित्र ‘अल्फा’ ठूलो बजेटमा निर्माण भइरहेको छ । मिडिया रिपोर्टका अनुसार ‘टाइगर’ फ्रेन्चाइजीमा क्याटरिनाको भूमिकामा जोया र ‘पठान’मा रुबाईको भूमिकामा दीपिकालाई दर्शकले धेरै मन पराएका थिए, जसका कारण आदित्य चोपडाले महिला मुख्य फिल्म बनाउने निर्णय गरेका थिए । आदित्य चोपडाले फिल्मको एक्शन दृश्यका लागि धेरै विज्ञहरूसँग सम्झौता गरिसकेका छन् । यसमा कोरियाली स्टन्ट संयोजक सि योङ ओह, फ्रान्ज स्पिहाउस र भारतीय एक्सन निर्देशक सुनिल रोड्रिग समावेश छन् ।
‘एनिमल’ बाट चर्चामा आएका बबी देओल फिल्ममा भिलेनको भूमिकामा देखिनेछन् । फिल्ममा उनी र आलिया भट्टको एक्सन दृश्य रहनेछ । फिल्ममा आलिया पनि मार्शल आर्ट गर्दै देखिनेछिन् ।
प्रतिक्रिया