१५ जुलाईका दिन बर्लिनमा युरोकप फुटबल २०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्नेछन् । अन्तिम सेमिफाइनल खेलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमनसहित नेदरल्यान्डलाई हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
लगातार २ पटक फाइनल प्रवेश गरेको इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेटका लागि भिडन्त विशेष हुनेछ । २–१ गोल अन्तरसहित युरो संस्करणमा लगातार दोस्रोपटक फाइनलमा पुगेको हो । स्पेन भने पहिलो सेमिफाइनलमा पूर्वविजेता फ्रान्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
प्रतियोगितामा छाएका जाबी सिमोनको गोलमा सातौँ मिनेटमा डच टोलीले अग्रता लिए पनि केही समयपछि पेनाल्टीमा इंग्लिस कप्तान हेरी केनले गोल गरे । भिएआर चेकका क्रममा डी–बक्स क्षेत्रभित्र गल्ती भएको देखिएपछि इंग्ल्यान्डले पेनाल्टी मौका पाएको हो । सो गोल १८औँ मिनेटमा भएको हो ।
९०औँ मिनेटमा इंग्ल्यान्डकै ओली वाट्किन्सले टिमका निर्णायक गोल गरे । यसअघि सन् २०२० को युरो फाइनलमा इंग्ल्यान्ड इटलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
समूह ‘सी’बाट फाइनलसम्म आएको इंल्यान्डले समूह चरणको खेलमा १ जित र २ बराबरी गरेको थियो । क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । निर्धारित समयमा खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई ५–३ ले हराएको थियो ।
समूह ‘बी’ बाट फाइनलसम्म आइपुगेको स्पेन अपराजित छ । युरो खेलमा सन् २०१२ पछि फाइनल पुगेको स्पेन चौथोपटक उपाधि जित्ने दाउमा छ । स्पेनले यसअघि सन् १९६४ मा पहिलोपटक युरो कप जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरो उपाधि जितेको थियो ।
स्पेनले क्वाटरफाइनलमा जर्मनीलाई पराजित गर्दैै सेमिफाइनल प्रवेश गरेको थियो । जर्मनीसँगको खेलमा स्पेनले २–१ को नतिजा निकालेको थियो भने सेमिफाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । स्पेनले फ्रान्सलाई पनि २–१ ले नै पराजित गरेको थियो । स्पेनको जितमा महत्वपूर्ण गोल गरेका १६ वर्षीय लेमन यामल युरो इतिहासमै कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाउँदै चर्चामा छन् ।
यस युरोकप दुवै टोलीका केही खेलाडीका लागि महत्वपूर्ण सावित हुनेछ । त्यसो त हरेक संस्करण कुनै खेलाडीमा लागि महत्वपूर्ण हुन्छ नै तथापि यस प्रतियोगितामा अपेक्षा गरिएभन्दा फरक केही स्टार छाएका छन् ।
यसै स्टार मध्येका एक वाटकिन्सन हुन् भन्ने तथ्यलाई नकार्न मिल्दैन । ‘म यो क्षण एक सातादेखि पर्खिरहेको थिए’, वाटकिन्सले भने । वाटकिन्सन तिनै खेलाडी हुन् जसको घुमाउरो प्रहार गोलमा परिणत भएपछि इंग्ल्यान्डले दोस्रोपटक युरोकपमा फाइनलमा यात्रा तय गरेको थियो ।
खेल सकिन ९ मिनेट बाँकी रहँदा प्रशिक्षक साउथगेटले कप्तान केनलाई प्रतिस्थापन गर्दै वाटकिन्सलाई मैदानमा प्रवेश गराउने निर्णयले सबैलाई आश्चर्यमा नै पारेको थियो । पूर्व इंग्लिस टोलीका कप्तान एलन सियरर पनि चकित भएको बताए ।
एउटा संयोग मान्नुपर्छ एक दिन १६ वर्षको उमेरमै सन् १९५८ को पेलेको झझल्को दिएका थिए । एक दिनपछि सोही उमेरसम्म फुटबलमा छाउने कुनै सम्भावना नै नभएका वाटकिन्सन स्टारको रूपमा उदाए ।
टिनएजको मध्यसम्म लिग वानको एक्टर सिटीको पहिलो रोजाइको पहिलो टोलीमा रहन आबद्ध हुन वाटकिन्सनले ठुलो संघर्ष गरेका थिए । यसभन्दा अघि वाटकिन्सले यसभन्दा अघि मेजर सिटीमा २० मिनेट मात्र खेलेका थिए । सन् २०२० को युरो कप र सन् २०२२ को विश्वकपमा टोलीमा नअटाएका उनले डेनमार्कसँग पहिलो चरणको खेलमा २० मिनेट मैदानमा प्रवेश गरेका थिए ।
वाटकिन्सनका लागि कुनै समय इंग्लिस राष्ट्रिय टोली कल्पनाको विषय थियो । उनीसँग सही लय, शारीरिक क्षमता र खुबी भए पनि १७ देखि १९ वर्षको उमेर त राम्रोसँग फुटबल नै खेलेका थिएनन् ।
१० वर्षअघि एक्टर सिटीका लागि १८ खेलमा १० गोल गर्दै आफूलाई विंगरबाट राम्रो स्ट्राइकरको रूपमा परिणत गरेका थिए । एक्टरका लागि ७८ खेलमा २६ गोल गरेपछि उनी ब्रेन्टफोर्ड पुगेका हुन् । उनले त्यहाँ १४३ खेलमा ४९ गोल गरे । त्यसको ३ वर्षपछि उनी प्रिमियरसिपमा प्रवेश गरेका थिए । उनको यात्रा अस्टन भिल्लाबाट सुरु भएको हो । भिल्लाका लागि १६९ खेलमा ७० गोल गरेका उनले क्लबलाई च्याम्पियन्स लिगमा लैजाने क्रममा प्रिमियर सिपमा १९ गोल गरेका थिए । अतिरिक्त समयलाई छाड्ने हो भने युरो कप तथा विश्वकप सेमिफाइनलमा वाटकिन्सको गोल सबैभन्दा ढिला भएको विजयी गोल हो । सो गोल हुँदा ८९ मिनेट ५९ सेकेन्ड भएको थियो ।
स्पेन र इंग्ल्यान्डबीच ठूला प्रतियोगितामा यो तेस्रो भेट हो । सन् १९८० को प्रतियोगिताको पहिलो चरणमा इंग्लिस टोली २–१ ले विजयी भएको थियो । तथापि दुवै बाहिरिएका थिए । सन् १९९६ को प्रिक्वाटरफाइनलमा यी २ टोलीको बीचमा भएको भेटमा गोल नभएपछि टाइब्रेकरमा इंग्ल्यान्ड विजयी भएको थियो ।
ठुला प्रतियोगितामा यी २ बीचको अर्को भेट सन् १९५० को विश्वकप हो । सो खेलमा स्पेन १–० ले विजयी भएको थियो ।
स्पेन स्वभाविक रूपमा प्रतियोगिताको दाबेदार हो । पहिलो चरणमा नै स्पेनले साविक विजेता इटाली र अर्को शक्ति क्रोएसियाको सामना गरेको थियो ।
त्यसो त घरेलु व्यावसायिक लिगमा उत्कृष्ट रहेको स्पेनमा एक से एक स्टार नभएका होइनन् । विगतको इतिहास हेर्दा जाभी, राउल गोन्जालोज, आन्द्रे इनेस्टाबीच सर्वकालीन उत्कृष्ट खेलाडीको होडबाजी रहिरहेको समयमा लामिन यामलको उदय भएको छ ।
यामललाई सन् १९५८ को विश्वकपमा भएको पेलेको उदयसँग तुलना गरिन्छ । सो विश्वकपको समयमा पेले १७ वर्षका थिए । बार्सिलोनाका यी स्टार फाइनल खेलको अघिल्लो दिन १७ वर्ष पूरा हुन्छन् । सेमिफाइनलको त्यो उत्कृष्ट गोल मात्र होइन ३ एसिस्ट र १३ वटा अवसर सिर्जना गर्ने उनी प्रतियोगिताको एक उत्कृष्ट खेलाडीसमेत हुन् । दायाँ विङमा यामल खेल्दा वाया विङमा एथलेटिक् विलबाओका निको विलियम्स खेल्छन् । उनी पनि २१ वर्षका मात्र भए ।
हरेक ठुला प्रतियोगिताले केही स्टारको जन्म गराएको हुन्छ नै । धेरै चर्चा नगरिएका खेलाडीले प्रतियोगिताको दिशा नै परिवर्तन गरिदिएको घटना धेरै छन् । सन् २०१६ को युरो कप पनि यसैको एउटा उदाहरण हो । फाइनलमा पोर्चुगललाई जिताउने क्रममा बेन्चबाट आएर एडगरले उत्कृष्ट गोल गरेका थिए । सोही गोल पोर्चुगलको फुटबल इतिहासमा सधैँ अविस्मरणीय रहने गरेको छ ।
संसारको फुटबल इतिहासले सन् १९५८ को विश्वकपलाई पेलेको विश्वकप, सन् १९८६ को विश्वकपलाई डिएगो म्यारोडोनाको विश्वकप, सन् १९९८ को विश्वकपलाई जिदानको विश्वकप तथा सन् १९९४ को विश्वकपलाई रोमारियोको विश्वकपको रूपमा पनि चिन्ने गरेको छ ।
त्यसो त स्पेन र इंग्ल्यान्ड दुवैको इतिहास एकल स्टार निर्भर इतिहास पक्कै होइन । तथापि एउटा स्टारको विशेष दिन हुन सक्ने कुरा नकार्न सकिँदैन । यामल र वाटकिन्सन त हेर्न लायक खेलाडी भइ नै हाले ।
विगतको युरोकपलाई आधार मान्ने हो भने सन् १९९६ मा चेक गणतन्त्रलाई फाइनलमा हराउने क्रममा ओलिभर वेयरहाफले गोल्डेन गोल गरेका थिए । सन् २००० को युरोकप त झन् नाटकीय थियो । अन्तिम समयसम्म अग्रता लिएको विरुद्धमा फ्रान्सका वैकल्पिक खेलाडी सिल्भिनीय विल्फोर्डले इन्जुरीको समयमा चौथो मिनेटमा गोल गरेका थिए । अतिरिक्त समयमा अर्का वैकल्पिक खेलाडी डेभिड ट्रेजुगुएटले गोल गरेका थिए ।
सन् २००४ मा ग्रिसका एन्जोले कारिस्तासले गोल गर्दै उपाधि दिलाएका थिए । सन् २००८ र २०१२ मा स्थापित स्टार नै फाइनलमा छाए । सन् २०१६ को युरोकप भने फरक किसिमको थियो । पोर्चुगललाई उपाधि दिलाउने क्रममा एडगरले निर्णायक गोल गरेका थिए । इटालीका गोलरक्षक डोनाररुमा छाएपछि टाइब्रेकरमा इटालीले सफलता पाएको थियो । यस पटकको युरोकप फाइनलले पनि केही नाटकीय दृष्य र अस्वभाविक स्टारको उदय गराउन सक्नेछ ।
प्रतिक्रिया