‘शाम्बाला’ लोकार्नोमा छनोट

काठमाडौँ । मीनबहादुर भाम निर्देशित कथानक फिल्म ‘शाम्बाला’ स्विट्जरल्यान्डको विश्वप्रसिद्ध फिल्म फेस्टिभल लोकार्नोको ७७ औँ संस्करणमा छनोट भएको छ । ‘लोकार्नो बोल्ड र नवीन फिल्मका लागि प्रख्यात छ’, फेस्टिभल छनोटबारे जानकारी दिँदै फिल्म शाम्बालाले भनेको छ, ‘यो छनोट हाम्रा लागि अविश्वसनीय हो । हामी ठूलो पर्दामा फिल्म हेर्न र स्विस दर्शकसँग साझेदारीका लागि धेरै पर्खन सक्दैनौँ । एक शानदार फेस्टिभल हुनेछ ।’

फेस्टिभलको आधिकारिक वेबसाइटका अनुसार यो फिल्म पियाजा ग्रान्डे विधामा फिल्म छनोट भएको हो । थिन्ले ल्हामो र सोनम तोप्देन शीर्ष भूमिकामा रहेको यो फिल्म ‘कालोपोथी’ फेम्ड भामको दोस्रो निर्देशकीय फिचर हो । यो फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा पेस गर्छ भने यसअघि यो फिल्म बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको थियो । तिब्बती र नेपाली भाषामा बनेको यो फिल्मलाई आगामी सेप्टेम्बरमा नेपाली हलमा रिलिजको तयारी छ ।

प्रतिक्रिया