मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १० की कोशेली बुढाको सानै उमेरमा बिबाह भयो । अहिले उनि २४ बर्ष पुगेकि छन् । ४ बर्ष पहिलादेखि उनको आंगखस्ने (पाठेघर) समस्याले सताइहेको छ । उपचारको लागि स्वास्थ्य सस्थामा धेरै पटक पुगिन उनी । तर उनको समस्या समधान भएकोे छैन । आर्थिक अभावका कारण कोेशेली सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्न जान सकेकी छैनन् । आर्थिक अभावका कारण उचित उपचार नपाउँदा उनी ४ बर्षदेखि पाठेघर खसेको समस्या लुकाएर बस्न बाध्य भएकी छन् ।
दुर्गम क्षेत्रमा बस्ने र आर्थिक अवस्था कमजोर हुनेहरुमा उनी एक प्रतिनिधि पात्र मात्र हुन् । मुगुमा दुर्गम क्षेत्रका महिला पाठेघर खस्ने समस्याले वर्षौंदेखि आक्रान्त हुँदै आएका छन् । लाज र आर्थिक समस्याका कारण समयमा उपचार गर्न नसक्दा उनीहरू रोग लुकाउनुपर्ने बाध्यतामा छन् ।
मुगुका महिलाहरु उमेर नपुग्दै विवाह गर्ने सुत्केरी हुँदा स्वास्थ्यको ख्याल नगर्ने र सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना खान नपानेका साथ भारी काम काम गर्दा जिल्लाका धेरै महिलाको स्वास्थ्यमा समस्या देखिएको पाइन्छ । चेतना, पहुँच र आर्थिक अभाव यहाँको मुख्य समास्या हो ।
मुगुका ग्रामिण भेग क्षेत्रमा पाठेघर खस्ने समस्या बिकराल भन्दै गएको छ । ग्रामीण भेग क्षेत्रका महिलाहरु लाजले गर्दा आंगखस्ने समस्याका बारेमा खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्नु गरेका छन् । पाठेघर खस्ने समस्या मुगुका प्रत्येक गाँउका महिलाको साझा समस्याका रुपमा रहेको छ । मुगुको दुर्गम क्षेत्रका गाउँमा ४÷५ जना महिलाहरु आंगखस्ने समस्याबाट पीडित हुन सक्ने र यो समस्या १६ देखि ३० बर्षका महिलामा बढी हुन सक्ने अनुमान गरिएको छ ।
सानै उमेरका बिबाह गर्ने परिपक्क उम्मेर नहुदै बच्चा जन्माउने गर्नाले पनी महिलाहरुमा यो समस्या बढी रहेको पाइन्छ । सानै उमेर विवाह गर्ने, छिटो छिटो र धेरै बच्चा जनमाउने गर्भवती भएको तथा सुत्केरी भएको बेलामा समेत अत्याधिक बोझिलो काम गर्ने भएकाले महिलामा पाठेघर खस्ने समस्या विकराल बन्दै गएको स्वास्थ्यकर्मिहरुले बताएका छन् ।
मुगु जिल्लामा पाठेघर (आंग) खस्ने समस्या महिलाहरुमा धेरै पहिलादेखि ब्यापक छ भने छ । तर यहाँमा महिलाले यो समस्या खुलेर बोल्ने भन्दा पनी लाजले लुकाउने गरेका छन् । पछिल्लो चरणमा गाँउ बस्तीहरुमा आंग खस्ने महिला धेरै रहेको गुनासो आइरहेकाले मुगु जिल्लामा रहेका पाठेघर (आंग) खस्ने महिलाको रेकड संकलन गरेर उपचार गर्ने तयारीमा लागेका जिल्ला स्वास्थ्य कार्यालय मुगका कार्यालय प्रमुख निर्मल नगरकोटिले बताए ।
मुगुमा पाठेघर खस्ने पीडा भोगी रहेकी महिलाले सामाजिक अपहेलनाका भयले तथा लाजका कारण रोग लुकाएर बस्ने महिलाको संख्या अझ बिकराल छ । पाठेघर खस्ने मुख्य कारण व्याप्त बाल विवाह, जन्मान्तर थोरै राखिनु, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमी तथा जनचेतनाका कमीका कारणले समस्या विकराल रूप लिएको विज्ञ बताउँछन् ।
मुगु
प्रतिक्रिया