बालविवाहले प्रजननमा पर्ने असरसम्बन्धि कार्यक्रम सम्पन्न

राजविराज । सप्तरीको राजविराज–५ मा सञ्चालित बालविवाहले गर्दा किशोर–किशोरीमा प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यमा पर्ने नकारात्मक असर र त्यसबाट बच्न सक्ने उपायहरूबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा सञ्चालित तथा जीवन ज्योती समाज विकास केन्द्र नेपालको आयोजनामा ३ दिवसीय जनचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका, श्री जानकी हायर सेकेन्डरी स्कुल, श्री लिटिल एन्जेल्स मोडर्न सेकेन्डरी स्कुल, श्री शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुल, श्री महेन्द्र विन्देश्वरी महुमुखी क्याम्पहरूमा विशेष समारोहका बीच समापन गरिएको आयोजकले जनाएको छ ।

सोमबारदेखि सुरु भएको ९० जना सहभागी जनचेतनामूलक कार्यक्रममा बालविवाहले गर्दा किशोर किशोरी प्रजनन स्वास्थ्य तथा मानसिक स्वास्थ्यमा पर्ने नाकारात्मक असर र त्यसबाट बच्न सक्ने उपायहरूबारे विस्तृतरूपमा प्रशिक्षिका स्वास्थ्यकर्मी बिमला बिष्टले जानकारी दिएकी थिइन् ।

‘स्वास्थ्यलाई प्राथमिकता, जीवनलाई खुसीता’ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रममा राजविराज नगरपालिका–५ का वडा अध्यक्ष बन्धुलाल दास, संस्थाका पदाधिकारीहरू र विद्यालयका बालबालिकालगायत शिक्षक शिक्षिकासमेत सहभागी थिए ।

प्रतिक्रिया