रारा तालमा डुबेर एक युवकको मृत्यु

मुगु । रारा तालको किनारमा पौडी खेल्ने क्रमममा डुबेर एक युवकको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पर्ने ठाकुर नाथस्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका– ५ का २१ वर्षीय शिशिर जंग रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रावल रारा ताल किनारमा निर्माणधिन साइकल लेनमा मजदुरी गर्दै आएका थिए । अरु चार जना साथीहरुसँग घर फर्कने क्रममा उनीसहित अरु साथीहरुले तालको छेउमा पौडी खेल्दा डुबेर रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए ।

दिउँसो २ बजे घटेको घटना जानकारी पाउना साथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट २ वटा डुंगामा नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगेर मृतक युवकको शव तालबाट बाहिर निकालेका थिए ।

घटनाको मुचुल्कापछि शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया