प्रादेशिक अस्पतालको स्टोर शाखा डुबानमा

जनकपुरधाम । प्रदेशकै उत्कृष्ट प्रादेशिक अस्पताल जनकपुरधामका स्टोर डुबानमा परेको छ । सोमबारदेखि नै लगातार परेको भारी वर्षाले प्रादेशिक अस्पताल जनकपुरधामको स्टोर शाखा डुबानमा परेको हो ।

पुरानो संरचना छाडेर नयाँ संरचनामा अस्पताल सरे पनि स्टोर शाखा पुरानै संरचनामा डुबानमा परेको अस्पतालका कर्मचारीहरूको भनाइ छ ।

स्टोरमा पानी पसेपछि स्टोरमा राखिएका औषधिहरू बगेर असस्पताल कम्पाउन्ड वरिपरि बगेको छ । यता अस्पताल स्टोर शाखाका इन्चार्ज भैरव राउत स्टोर पुरानै जीर्ण भवनमा रहेकोले डुबानमा परेको बताए । उनले पानीमा बगेको औषधिहरू अहिले संकलन गरिरहेको उनले बताए ।

मेयर लालकिशोर साहकै पालामा जनकपुरधाम जिर्णोद्धार गरिए पनि त्यसको सरसफाइमा ध्यान नदिएपछि नालाहरू जाम भएर पानीको निकास बन्द भएपछि निकै नै गहिरो ठाउँमा रहेको अस्पतालमा पानी पसेर अस्पताललाई जलमग्न बनाएको छ ।

प्रतिक्रिया