सिटिजन इन्टरनेशनल बैंक बोदे बर्साईनद्वारा शैक्षिक सामग्री वितरण

सप्तरी । सप्तरीको बोदे बर्साईन नगरपालिका– ५ स्थित सिटिजन इन्टरनेशनल बैंक लिमिटेड बोदे बर्साईन शाखाले एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

सिटिजन इन्टरनेशनल बैंक लिमिटेड बोदे बर्साईन शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री राष्ट्रिय आधरभूत विद्यालय खमगडामा एक कार्यक्रमका बिच उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरेको हो ।

दलित समुदायका सम्पूर्ण विद्यार्थीसहित लगभग ९० जना विद्यार्थीलाई सिटिजन बैंकइन्टरनेशनल लिमिटेड बोदे बर्साईन शाखा टिमले शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका मधेस प्रदेश कल्स्टर प्रमुख प्रकाश नेपालको उपस्थितिमा तथा सिटिजन बैंक इन्टरनेशनल लिमिटेड बोदे बर्साईन शाखाका प्रमुख रामकुमार साह हितको टोलीले बाँकी रहेको सामग्रीहरू विद्यालयका प्रधानाध्यापक लाई हस्तान्तरण गरिएको छ ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुरण यादव, सिटिजन बैंक इन्टरनेशनल लिमिटेड बोदे बर्साईनका प्रमुखसहित विभिन्न पदका कर्मचारी, विद्यालायाका शिक्षकहरू, अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख नेपालले बैंकले देशैभरि विद्यार्थीहरुको उज्वल भविष्यका लागि निरन्तर उत्तरदायित्व बहन गर्दै आइरहेको जानकारी गराए ।

प्रतिक्रिया