मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–८ का बाँचबहादुर तिरुवाको बसार्इं रारा राष्टिय निकुञ्जको कोर क्षेत्रमा चुँगा गाउँमा छ । २८ वटा घरधुरी रहेको चँुगा गाउँमा निकुञ्जको कडा नियमले बिकास खासै हुन सकेको छैन । तर, चुँगा गाउँमा यतिबेला घरघरमा धारा निर्माण भएपछि स्थानीय खुसी छन् ।
चुँगा गाउँका १५० जनसंख्या छ । दलित महिलाहरू विगतका दिनमा खानेपानीको समस्या भोग्दै आएको गुनासो मात्र गर्नु हुँदैन घरमा धारा बनेपछि खुसीका पनि कुरा गर्नुपर्छ । उनीहरू यति बेला चुँगा गाउँका दलितबासी घरघरमा खानेपानीको धारा निर्माण भएपछि दंग भएका छन् । घण्टाँै हिँडेर पानी बोक्नुपर्ने बाध्यताको अन्त्य भएपछि चुँगाबासी यति बेला खुसी छन् । घरघरमा धारा आएपछि विगतमा पानी बोक्दाको पीडा अहिले दूर भएका र सरसफाइको क्षेत्रमा पनि सुधार आउने अपेक्षा गरेका छन् ।
विगतका दिनहरूमा खानेपानीको अभावमा खोलाको, कुवाको पानी खानुपर्ने बाध्यता थियो । त्यो अहिले दूर भएको छ । खोलाको पानी विभिन्न किसिमका पानीजन्य रोगबाट सिकार बनेका चुँगा गाउँका दलितबासी प्रत्येक २८ वटा घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाएको स्थानीय पुजा विकले बताइन् ।
नेपाल सरकाको लक्ष्य २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पु¥याउने लक्ष्यका साथ छायानाथ रारा नगरपालिकाले विभिन्न संहयोगी संस्थाहरूको समन्वयमा १ घर १ धारा निर्माणको थालनी गरेको छ । छायानाथ रारा नगरपालिका युयसआइडी कर्णाली जल परियोजनाकोे आर्थिक सहयोगमा र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिस्डेकको प्राविधिक सहयोगमा छायानाथ रारा नगरपालिकाले नगरभित्रका ८७ बस्तीमा ३ वर्षदेखि १ घर १ धारा निर्माण प्रतिवर्ष १५ देखि २० बस्ती समेटिने गरी घरघरमा धारा निर्माण गरिएको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताए ।
छायानाथ रारा नगरपालिकाको ४ लाख ९२ हजार ६८३ र युएसआइडी कर्णाली जल परियोजनाका १० लाख ९५ हजार १९१ सहित स्थानीयको श्रमदान जोडेर १९ लाख ७२ हजार १४५ जम्मा लागतमा २८ घरधुरी र १ विद्यालयमा गरी २९ वटा खानेपानीका धारा निर्माण भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको हिमाली ग्रामीण युवा समाज विकास केन्द्रका कार्यक्रम व्यवस्थापक शिवचन्द्र कार्कीले बताए ।
सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पुहुँचमा ल्याउने संकल्प गरेको छ । सोही संकल्पलाई सार्थकता तुल्याउन मुगुको छायानाथ रारा नगरपालिकाले ३ वर्षदेखि विभिन्न संघसंस्थासँग समन्वय गरी १ घर १ धारा निर्माण अभियान थालेको र त्यसै अनुरूप छायानाथ रारा नगरपालिकाका ८७ बस्तीका प्रत्येक घरमा १ घर १ धारा निर्माण गरिसक्ने छायानाथ रारा नगरपालिकाले जनाएको छ ।
मुगु
प्रतिक्रिया