पौराइबाट ६ लाख मूल्य बराबरको औषधि बारामद

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– १ पौराईस्थित सडक खण्डबाट प्रहरीले ६ लाखभन्दा बढी मूल्य बराबरको औषधि बारामद गरेको छ ।

प्रहरी चौकी पौराइबाट खटिएको गस्ती टोलीले महोत्तरीबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९९५ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसको डिक्कीमा राखेको ११ कार्टुन औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।

बसको डिक्कीमा लुकाएर लैजाँदै गर्दा बारामद भएको ६ लाख ४ हजार ८ सय मूल्य बराबरको औषधि राजश्व कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया