रौतहट । सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले आइतबार राती हतियारको कारोबारी १ जना भारतीय नागरिकलाई १ थान पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया ३ असोगी टोल बस्ने २१ वर्षीय राहुल राम रहेका छन् । उसको साथबाट १ थान घरेलु नलकटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
गौर नगरपालिका–२ महादेव पटी टोलछेउ नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा स्तम्भ ३४४/५ नजिकै सशस्त्र प्रहरीले गरेको छड्के चेकमा खटेका प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका रामलाई नम्बर नखुलेको मोटरसाइकलसहित पक्राउ गरेको हो । पक्राउ परेका रामसँगै मोटरसाइकलमा सवार अर्का १ भारतीय नागरीक भने भारततर्फ भागेका थिए ।
प्रतिक्रिया