धनुषा । खाने पानी माग्दै जनकपुरधाममा प्रदर्शन भएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले ‘सरकार पानी देऊ, चुरे दोहन बन्द गर, खोलाको अवेध उत्खनन बन्द गर लगायत नारा लेखिएको घैँटा, प्लेकार्ड सहित जनकपुरधाममा प्रदर्शन गरेका थिए ।
जनकचोकदेखि प्रदर्शन गर्दै उनीहरु मुख्यमन्त्री कार्यालय अगाडिसम्म पुगेका थिए । उनीहरुले १२ बुँदे मागसहित मधेशका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
दिलीप महतोलाई प्रथम पर्यावरण सहिद घोषा, चेरेको अवैध दोहन बन्द, संघीय सरकारद्वारा ल्याइएका ढुंगा, गिटी र बालुवा विदेश निकासी गर्ने विद्येयक तत्काल खारेज गर्नुपर्ने, मधेसलाई सुखा ग्रष्त क्षेत्र घोष्णा गरी, डढेलो नियन्त्रण तथा खुल्ला चरिचरण बन्द गर्नु पर्ने लगायतको १२ बुँदे चुरे संरक्षण अभियान नेपालको माग छ ।
चुरे तथा वनजंगल संरक्षण अभियान नेपाल संयोजक सुनिल यादवले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले मधेस सरकारको अधिकार क्षेत्र अन्तर्गत पर्ने मागहरु पूरा गर्न प्रयास गर्ने आश्वासन दिए ।ज्ञापनपत्र बुझाउने चुरे वचाउ अभियन्ताहरुले सप्तरीको भरदहदेखि पद यात्रा गरी काठमाडौं गएर पनि २९ दिनदेखि आन्दोलन जारी राखेका छन् ।
प्रतिक्रिया