अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु

सानसाल्भाडोर । मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जानकारी दिए ।

यसैगरी, राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो । शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए । आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।

राष्ट्रपति नायब बुकेलेले एक्समा कांग्रेसलाई मंगलबार संघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र त्रासदीको जोखिम कम गर्न आह्वाहान गरेका छन् । गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए ।

इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको संख्या ६ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।– रासस एएफपी

प्रतिक्रिया