नेपाली वेबसाइटमा मितिमा आज किन देखियाे १ असार ?

काठमाडौं । विक्रम संवत्अनुसार आज २०८१ जेठ ३२ गते हाे, तर नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ।

नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गते देखाएको छ ।

अंग्रेजी पात्रोलाई नेपालीमा परिवर्तन गर्दा जेठ ३१ गतेसम्मको महिना मात्र रहेको तर पञ्चाङ्ग निर्माण समितिले जेठ ३२ गतेको महिना तय गरेपछि आज असार १ गते देखिएको हो ।

अंग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो ।

प्रतिक्रिया