कुवेतकाे एक आवासीय भवनमा आगलागी, ४१ जना श्रमिकको मृत्यु

काठमाडाैं । कुवेतको मङ्गाफ शहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । कुवेतका गृहमन्त्री फहाद युसुफ अल सबाहले भीषण आगलागीकाे भएकाे र घटनामा कम्तीमा ४१ जनाकाे मृत्यु भएकाे पुष्टि गरेका बीबीसीले जनाएकाे छ ।

यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्ने गरे पनि मृतकहरू कुन देशका नागरिक हुन् भन्ने खुलेकाे छैन । कुवेतका सञ्चारमाध्यमका अनुसार उक्त भवनमा क्षमताभन्दा धेरै मानिस बस्दै आएका थिए । भवनमा नेपालीहरू पनि बस्ने गरेका थिए ।

कुवेतस्थित नेपाली राजदूतावासले आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा यकिन विवरण प्राप्त नभएकाे बताएकाे छ ।

प्रतिक्रिया