भारत सरकारले गरिबका लागि थप तीन करोड नयाँ घर बनाउने

काठमाडौं । भारत सरकारले गरिबका लागि थप तीन करोड नयाँ घर बनाउने निर्णय गरेको छ । तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको नेतृत्वमा गठित मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री आवास योजनाअन्तर्गत घरको आवश्यकता परेका गरिब नागरिकका लागि थप ३ करोड घर बनाउने निर्णय गरेको हो ।

उक्त घरहरूमा शौचालय, ग्यास जडान, बिजुली जडान, धारा जडान जस्ता आधारभूत सुविधाहरू उपलब्ध हुनेछन् । ग्रामीण तथा सहरी क्षेत्रका योग्य घरधुरीलाई आधारभूत सुविधासहितको घर निर्माणमा सहयोग पुर्‍याउन सरकारले सन् २०१५–१६ देखि प्रधानमन्त्रीआवास योजना लागू गर्दै आएको छ ।

यो योजना अन्तर्गत विगत १० वर्षको अवधिमा ४ दशमलव २१ करोड घर बनिसकेका छन् । गत आइतबार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष शपथ लिएका थिए । मोदी नेतृत्वको सरकारमा ७२ सदस्य छन् ।

प्रतिक्रिया