पर्सा । उपकार सेवा नेपालको सम्पूर्ण सहयोगमा जिराभवानी गाउँपालिका– ५ शंकर सरैयास्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पंखा वितरण गरिएको छ ।
उक्त विद्यालयमा १ देखि कक्षा ५ सम्म अध्ययनरत १६० जना बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई मध्यनजर गर्दै ५ थान सिलिङ पंखाको प्रबन्ध गरिएको हो । उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीले एक कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक रामनारायण प्रसाद थारुलाई पंखा हस्तान्तरण गरेकी हुन् ।
पंखा वितरण कार्यक्रममा संस्थाका अभिभावक श्रीपद्मादेवी सरावगी, सदस्यद्वय सज्जन अग्रवाल, अंकुश शर्मा तथा विद्यालयको शिक्षक–शिक्षिका, स्थानीय भद्रभलादमी र बालबालिकाहरुको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले बताए ।
पर्सा
प्रतिक्रिया