धनुषा । कार्यकाल समाप्त भएको ६ महिना बितिसक्दासमेत जनकपुर अञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष किशुनदेव साहले निर्वाचन गर्नबाट अस्वीकार गर्दै आएको तथ्य फेला परेको छ ।
पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामका अध्यक्षसमेत रहेका किशुनदेव साहले निर्वाचन गर्नबाट अटेर गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र काटेको १५ दिनभित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्देशन दिँदा पत्र बुझ्न आनाकानी गर्दे आएको रहस्यसमेत बाहिरिएको छ ।
प्राप्त जानकारीअनुसार ढुवानी संघका अध्यक्षसमेत रहेका किशुनदेव साहको कार्यकाल माघ २१ गते नै समाप्त भएको र निर्वाचन गराई नयाँ कार्यसमिति निमार्णका लागि पटकपटक ताकेता गर्दासमेत कुनै सुनवाई नगरेपछि संघ आवद्ध व्यवायीहरूले निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ २३ गते ढुवानी संघलाई विधानअनुसार १५ दिन भित्रमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको थियो । जिप्रका धनुषाले पत्र काटे पनि बुधबार संघले पत्र बुझ्नबाट अस्वीकार गर्दै बिहीबार आउन अराएका थिए । पत्र लिएर बिहिबार पनि पुग्दा पत्र बुझ्नबाट अस्वीकार गरेपछि हुलाकमार्फत पत्र पठाइने संघसँग आवद्ध व्यवसायी हुकुमदेव साहले जानकारी दिएका छन् । भरखरै सम्पन्न भएको निर्वाचनबाट एसोसिएसनमा जितेका साह लामो समयदेखि संघको पनि अध्यक्ष रहँदै आएका छन् ।
प्रतिक्रिया