मुवा झरनामा लडेर १८ वर्षीय युवकको मृत्यु

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका– ५ र ६ को सिमानामा रहेको मुवा झरनामा लडेर घाइते भएका युवकको मृत्यु भएको छ । घाइते भएका युवक फिदिम नगरपालिका– २ रमिते बस्ने १८ वर्षीय एल्सन मगरको उपचारका लागि बिएनसी झापामा लगिएको थियो ।

मगरको उपचारको क्रममा हस्पिटलमा मृत्यु भएको हो । मगर सोमबार मुवा झरनामा घुम्न गएका थिए । मगरसहित चार जना रहेका ६ नम्बर वडाध्यक्ष अमरविर राईले जानकारी दिए । झरनाको फेदमा पौडी खेल्ने क्रममा ढुंगामाथि चढेपछि ४–५ मिटर तल खसेर मगर घाइते भएको जनाइएको छ ।

घाइते भएपछि वडाध्यक्ष राई र प्रहरीले उद्धार गरी एम्बुलेन्समा पाँचथर जिल्ला अस्पताल पठाइएको अध्यक्ष राईले बताए । लडेर गम्भीर घाइते भएका मगरको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको थियो ।

प्रतिक्रिया