बोदे बर्साईनमा न्यायमा पहुँच परियोजनासम्बन्धी अभिमूखीकरण

सप्तरी । सप्तरीको बोदे बर्साईनमा न्यायमा पहुँचसम्बन्धी एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा पछाडि पारिएका महिला, सिमान्तकृत तथा विपन्न वर्गलाई न्यायसम्बन्धी संविधान र कानुनी प्रक्रियाका बारेमा सचेतना जगाउने र उनीहरुलाई न्यायमा पहुच पुर्याउने उदेश्यले बोदे बर्साईन नगरपालिकाको सहयोगमा जिल्लाको बोद बर्साईन नगरपालिकामा सञ्चालन भइरहेको उक्त परियोजनाका विषयमा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

ाकार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला अदालत सप्तरीका न्यायधीश दिपक कुमार दाहालले महिलाविरुद्ध हुने विभिन्न खालका अपराध, तिनका कारण, कानुनी उपचार र कानुनी जटिलताका विषयमा प्रकाश पारेका थिए । नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ ।

संविधानले न्याय प्रशासनलाई छिटोछरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने नीति अनुसार राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायत सबै क्षेत्रको भ्रष्‍टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने नीतिसमेत लिएको प्रमुख अतिथि दाहालले बताए ।

बोदे बर्साईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहको अध्यक्षतामा सुरु भएको अभिमूखीकरण कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवले गरेका थिए । कार्यक्रममा न्यायाधीश मनिराम न्यौपाने, सन्जिप पोखरेल, उदबिर नेपाली नगरपालिकाका उपप्रमुख रेनु कुमारी साहलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा मुद्दाको शीघ्र फस्र्योट, मुद्दा व्यवस्थापन पद्धतिमा सुधार, विवाद सामाधानका वैकल्पिक उपायको प्रभावकारी अवलम्बन, सबै तहका अदालतबीच प्रभावकारी समन्वय कायम गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोगसहित फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने विषय योजनामा समेट्न उपर्युक्त देखिन्छ ।

त्यसैगरी, न्यायाधीश र कर्मचारीको रिक्त दरबन्दी समयमा नै पूर्ति गर्ने, ओ एन्ड एम कार्यान्वयनमा प्रभावकारिता ल्याउने, मुद्दा फस्र्योट कानुनले तोकेको समयमा नै गर्ने व्यवस्था मिलाउने, पेसी हटाउने कुरालाई निरुत्साहित गर्नु पर्छ ।

सबै तहका अदालतमा स्वचालित पेसी व्यवस्थापन पद्धति लागु गर्ने, फरक मुद्दा व्यवस्थापन पद्धतिको प्रभावकारी कार्यान्वयन गर्ने, दण्ड र पुरस्कारको नीति बनाई प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषय रणनीतिक उपायहरूका रूपमा अवलम्बन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया