बारा । सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको २३ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नम्बर ४० गण हेड क्वाटर डोटीले सोमबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका २ नम्बर बाहिनी मुख्यालयका गणपति सशस्त्र प्रहरी नायब महानिरिक्षक दिपेन्द्र साहले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताए । सशस्त्र प्रहरी बलले विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्नुका साथै सरोकारवाला निकायसँगको समन्वय सहकार्यमा सामाजिक कार्यमा पनि अहम् भूमिका निर्वाह गर्दै आइरहेको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल ४० नम्बर गणको २३ औं स्थापना दिवसको अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी छबिरमन भट्टराईले जिल्लाको शान्ति, सुरक्षा तथा राज्य प्रदत्त अन्य जिम्मेवारी समेत सशस्त्र प्रहरीबाट भएका काम कारवाहिको उच्च मूल्यांकन गरिने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले सिमित साधन स्रोतको बाबजुद पनि सशस्त्र प्रहरी बल नेपाल ४० न. गणको मातहतका निकायबाट गरिएको कार्य प्रसंशा युक्त रहेको र नेतृत्व तहबाट अङ्गालिएको पुरस्कार, दण्ड नीतिको स्मरण गर्दै राज्य प्रशासन संयन्त्रणमा सकारात्मक प्रभाव परेको पनि जिकिर गरे । सशस्त्र प्रहरी बल नेपाल ४० न. गण पिलुवा बाराको २३ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रम अन्तर्गत अमर प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४० न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले सबैमा धन्यवाद ज्ञापन गर्दै जिल्लाको शान्ति, सुरक्षा लगायतका जिम्मेवारी पूरा गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय सरकार, नागरिक समाज, पत्रकार लगायत सबै सरोकारवाला निकायको सहयोग र सद्भाव प्रशन्सनिय रहेको धारणा राखेका थिए ।
सशस्त्र प्रहरी दिवसको अवसरमा सञ्चालित सप्ताहव्यापी खेककुद तथा व्यवसायिक प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विभिन्न दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने २ जना सशस्त्र प्रहरीका परिवारजनलाई दोसल्ला ओढाइ सम्मान गरिएको बताइएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख महेन्द्र खड्का, जीतपुरसिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेल, वडा न १२ को वडाध्यक्ष श्यामबाबु चौधरी, वडा न १३ का वडाध्यक्ष हेमनारायन चौधरी, वडा न ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी, जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने अमर सशस्त्र प्रहरीका परिवारजन, भूपू सशस्त्र प्रहरी कर्मचारी र कार्यरत सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।
बारा
प्रतिक्रिया