बारा । बाराको जीतपुरसिमरामा सामुदायिक कुकुरहरुलाई निःशुल्क रेबिज बिरुद्धको सुई र बन्ध्याकरण गर्न सुरु गरिएको छ ।
जीतपुरसिमरा क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण गर्न थालिएको हो । सामुदायिक कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि निःशुल्क कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको जीतपुरसिमरा उपमहानगरपालिकाको पशु बिकास शाखा प्रमुख सुबास झाले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको पशु शाखाको आयोजना र नेशनल जुनोशिन एण्ड फूड हाइजिन रिसर्च सेन्टर चागल काठमाडौं नेपालको संयोजकमा जीतपुरसिमरा क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो । रेबिज विरुद्धको निःशुल्क सुई तथा कुकुर बन्ध्याकरण शिविर जेठ १२ गते देखि १५ गतेसम्म चल्ने छ । बजार क्षेत्रमा सामुदायिक कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुमा आक्रमण गर्न थालेपछि न्यूनीकरणको लागि कुकुर बन्ध्याकरण सुरु गरिएको जीतपुरसिमरा उपमहानगरपालिका पशु बिकाश शाखा शाखा प्रमुख झाले बताए ।
‘कुकुर बन्ध्याकरणले सामुदायिक कुकुरको संख्या घटाउन र कुकुरकै कारण बढुने दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको छ,’ प्रमुख झाले भने ।
जीतपुरसिमरा नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बताए । प्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगर क्षेत्रका कुकुर बन्ध्याकरण हरेक वर्ष गरिने बताउदै, कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
३५ वटा कुकुरलाई ल्याएर रेबिज विरुद्धको निःशुल्क सुई र बन्ध्याकरण गरेर शनिवार छाडिएको छ । जीतपुरस्थित रहेको सैनिक क्याम्पमा सामुदायिक कुकुरहरुलाई निःशुल्क रेबिज विरुद्धको सुई र बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ । घरपालुवा कुकुरलाई समेत रेबिज विरुद्धको सुई र बन्ध्याकरण गराउन जीतपुरसिमरा पशु शाखा बिकाश कार्यालयले आग्रह समेत गरेको छ ।
बारा
प्रतिक्रिया