काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेता कृष्ण सिटौला, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतका नेताहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उक्त बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गर्दै आएको संसदीय छानबिन समिति, संसदमा जारी विरोध र संसदीय समितिको कार्यादेशका विषयमा शीर्ष नेताको बैठकमा छलफल हुने बताइएको छ ।
शुक्रबार बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको थियो । शीर्ष तहमा सहमति खोज्ने गरी कार्यदलको बैठक सकिएको थियो ।
प्रतिक्रिया