बानेश्वरमा टिभिएसको नयाँ शोरुम

काठमाडौँ । सान्भी अटो लिंकले काठमाडौँको नयाँ बानेश्वरमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । हास्य कलाकार सन्दिप क्षेत्री र भक्तपुर २ का सांसद दुर्लभ थापाले शोरूमको उद्घाटन गरेका हुन् ।

व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवद्र्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने सान्भी अटो लिंकका संचालक कृष्ण थापाले बताए ।

उपभोक्ताहरुको मोटरसाइकल तथा स्कुटरको आवश्यकता पूरा गर्ने लक्ष्यको साथ संचालन भएको सान्भी अटो लिंकको नयाँ शोरुमले टिभिएस बाईक तथा स्कुटरको विस्तृत दायराका साथै स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार लगायतका सेवाहरू प्रदान गर्ने लक्ष्य राखिएको छ । जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १५० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ ।

प्रतिक्रिया