सिएफ मोटोको टेस्ट ड्राइभ र बुकिङ सुरु

काठमाडौँ । दुईपांग्रे ब्रान्ड सिएफ मोटो तथा जिहोको नेपालका लागि आधिकारिक वितरक रिलायन्स गु्रप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटोको एनके २५०, एसआर २५०, एनके ४५० तथा जीहोको एई ६ एलआर (डबल ब्याट्र) र सिटी स्पोर्टस् मोडलहरु सार्वजनिक गरेसँगै टेस्ट ड्राइभ तथा बुकिङ खुल्ला गरेको छ । सीएफ मोटोका उत्पादनहरुलाई उत्कृष्ट बिक्री वितरण, सहज स्पेयर पार्टसको उपलब्धता, बिक्रीपछि पनि सेवा र ग्राहकहरुलाई सहज सेवा सुविधा दिने हेतुले रिलायन्स ग्रुप आधिकारिक विक्रेताको रुपमा छनोट भएको हो ।

विभिन्न उमेर समूह लक्षित सीएफ मोटोका उत्पादन र विद्युतीय सवारीसाधन रोज्नेहरुका लागि जीहो ब्रान्डले नेपालमा नयाँ कोशेढुंगा स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ । सीएफ मोटो तथा जीहोका उत्पादनहरुको टेस्ट ड्राइभ र बुकिङ गर्न कम्पनीको नक्साल झम्सीखेल तथा सल्लाघारी स्थित आधिकारिक शोरुममा गर्न सकिने जानकारी कम्पनीले जनाएको छ ।

प्रतिक्रिया