पाँच किलो गाँजासहित लालबन्दीबाट ६५ वर्षीय सिंह पक्राउ

लालबन्दी । सर्लाहीको लालबन्दी बजारबाट पाँच किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ निवासी ६५ वर्षीय नागेन्द्र सिंह रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय लालबन्दीबाट गस्तिमा खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी– ७ स्थित बर्गर हाउस अगाडिबाट नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो करिब साढे ४ बजे एउटा गहुँको बोरासहित बसिरहेका सिंहलाई शंका लागी प्रहरीले चेकजाँच गर्दा उक्त बोराभित्रबाट पाँच किलो गाँजा बरामद भएको हो ।

गाँजासहित पक्राउ परेका सिंहलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कानूनी बारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया