कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नागरिकता कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार कान्तिपुर मिडियाकै कार्यकक्षबाट पक्राउ परेका अध्यक्ष सिरोहियालाई धनुषा लगिएको थियो ।

बुधबार जिल्ला अदालत धनुषाले उनलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । तर, प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई पाँच दिन हिरासतमा राख्न माग गरेको थियो ।

जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए । सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर धनुषा लगेको हो ।

प्रतिक्रिया