धोबिनीमा स्थानीयको प्रदर्शन

oplus_2

पर्सा । धोबिनी गाउँपालिकाले स्थानीय जताका समस्या समाधान नगरेको भन्दै स्थानीयले बिरोध प्रदर्शन गरेका छन् ।

धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थामा ३ महिनादेखि औषधी नरहेको, बिद्यालयमा शिक्षक नरहेको, कृषकलाई कुनै योजना नराखेको र सिंचाई लगायत अन्य अत्याआवसेक सेवासुबिधा जनतालाई नभएको भन्दै स्थानीले प्रदर्शन गरेका हुन् ।

आधारभूत आवस्यकताको मागसहित विरोध प्रदर्शन गरेको स्थानीय बताएका छन् । गाँउपालिकाले औषधी खरिदमा अनियमिता देखिएको, बिद्यालयमा शिक्षक नभएका कारण पठनपाठनमा समस्या रहेको, गाउँपालीकाको बजेटबाट चापा कल धारा र बिद्यालयको नाममा खरिद गरी आफ्नो कार्यकर्तालाई बितरण गरेको भन्दै स्थानीय आक्रोशित बनेका थिए ।

गाउँपालिका अध्यक्ष मदन चौहान र उपाध्यक्ष मन्जु देबी लगायतका जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य र कृषि बिकासलाई महत्व नदिई बढि कमिशन आउने करोडौंको तालिम गोष्ठी गराई ब्यापक भ्रष्टाचार गरेको राजनीतिक दलका नेता, र स्थानीय युवाहरुले गाउँपालिकामा बिरोध प्रदर्शन गरेका छन् । बिरोधको क्रममा केहि बेरको झडपमा समेत भएको थियो ।

प्रहरीले झडपलाई नियन्त्रण गरी स्थितीलाई साम्य बनाएको थियो । स्थानीयले बितेको आर्थिक वर्षमा भएको हिसाब किताब समेत माग गरेपछि गाउँपालिका अध्यक्ष चौहानले दश दिन भित्र हिसाब किताब उपलव्ध गराउने सर्तमा बिरोध प्रदर्शन रोकिएको थियो ।

तोकिएको समयभित्र गाउँपालिकामा भएको हिसाब किताब लिखित रुपमा दिइएन भने फेरी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीको बिरोधमा जाने स्थानीयले चेतावनी दिएका छन् ।

प्रतिक्रिया