केराघारीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

रौतहट । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित केराघारीमा हत्या गरी फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । हत्या गरी एक युवकको शव फालिएको भन्ने सूचनाको आधारमा गएको प्रहरीको टोलीले युवकको शव फेला पारेको जनाएको छ ।

हत्या गरिएको अवस्थामा फेला भएको युवकको शव स्थानीय टिकुलिया निवासी २० वर्षीय रोहित सहनीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले जानकारी दिइन् ।

निर्मम तरिकाले कुटपिट गरि हत्या गरेर फालेको अवस्थामा फेला परेको युवकको शवको बारेमा थप अनुसन्धान भइरहेको र शव परिक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरी नायब उपरिक्षक गिरीले बताइन् ।

प्रतिक्रिया