काठमाडौँ । भीषण आँधीका कारण भारतको मुम्बईमा सोमबार साँझ ठूलो होर्डिङ खसेर लाग्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ। दुर्घटनामा ६० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाटकोपर (ई) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्प नजिकै राखिएको होर्डिङ सोमबार अपराह्न ४ः३० बजे एक्कासी आएको भीषण हावाहुरीले खसेको हो ।
वर्षा र हावाहुरी आएपछि पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो ।
उद्धारको क्रम राति अबेरसम्म जारी रहेको र केही मानिस अझै फसेको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
एनडीआरएफ टोली पनि राहत तथा उद्धारमा खटिएको छ । राति उद्धारमा संलग्न एजेन्सीहरूले घटनास्थलमा अझै २० देखि ३० जना फसेको आशंका गरेका छन् ।
प्रतिक्रिया