जनकपुरधाममा ‘युथ कार्निबल’ हुँदै

जनकपुरधाम । क्षमतावान युवालाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निबल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा सो कार्यक्रम हुन लागेको हो ।

‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस २ दिवसीय कार्यक्रममा ४ वटा विमर्शको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार ‘व्यापार, हिजो, आज र भोलि’, ‘व्यवस्था नयाँ, शिक्षा पुरानै’, ‘वित्तीय साक्षरता आजको आवश्यकता’ र ‘एक मात्र पृथ्वी’ विषयमा विज्ञ तथा नव सिकारु युवाहरूलाई राखेर छलफल गराइनेछन् ।

त्यस्तै, ‘डिजिटल मार्केटिङ र कन्टेन क्रिएटर’ विषयमा प्रशिक्षण पनि राखिएको आयोजक संस्थाका प्रतिनिधि संजय चौधरीले बताए । कला, संस्कृति, व्यापार र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि २५ वटा स्टल पनि राखिएको चौधरीले जनाए । ‘यी स्टलमा युवा व्यवसायी र स्थानीय मौलिक उत्पादनकर्ताहरूको सहभागिता रहनेछन्’, उनले भने, ‘उहाँहरूको व्यत्तित्व विकाससँगै हामीले राम्रो व्यपार गर्नका लागि नेटवर्किङ बनाइदिने काम पनि गर्नेछौँ ।’

सांस्कृतिक कार्यक्रम र मोटिभेसनल स्पिच पनि राखिएको आयोजक संस्थाकै अर्का प्रतिनिधि प्रियांसु कर्णले बताए । दोस्रो दिन चर्चित कमेडियन आर्दश मिश्रा पनि आउने कार्य तालिका रहेको उनले बताए । क्षमतावान युवाहरूलाई एक ठाउँमा ल्याएर जोड्ने प्रयास गरिएको उनको कथन छ । यस कार्यक्रममा प्रत्यक्ष रूपमा २ हजारभन्दा बढी युवाहरू जोडेर क्षमता अभिवृद्धि गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया