धनुषा । लागुऔषध खैरो हिरोइनसहित महोत्तरीका २ युवक धनुषाबाट पक्राउ परेका छन् । पक्राउपर्नेमा महोतरीको बर्दिबास नगरपालिका–२ का २३ वर्षीय दीपक महतो र २८ वर्षीय सुभाष परियार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी उपेन्द्र खरेलका अनुसार दुबै जनालाई शनिबार अपराह्न साढे ४ बजे पूर्वपश्चिम लोकमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ बडहडीबाट चेकजाँचको क्रममा पक्राउ गरिएको हो ।
दुबैजनाको साथबाट ४ दशमलव २ ग्राम खैरो हिरोइनजस्तो देखिने लागुपदार्थ बरामद गरी इलाका प्रहरी कार्यालय ढल्केबरमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया