पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा केलाःङ सांस्कृतिक समाज पाँचथरको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार फाल्गुनन्द चोकस्थित चुम्लुङहिम्मा सो अधिवेशन सम्पन्न भएको हो । बन्द शत्रले धनकुमारी लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा भिमप्रसाद नेम्वाङ, सीता जबेगू, पुष्प खेवाङ, सचिव सुरेन्द्र केरुङ, सहसचिव सुनिता केरुङ, सुजन मादेन र कोषाध्यक्षमा जोनाहाङ केरुङ रहेका छन् ।
सदस्यमा बजिन्द्र लाओती, सूर्यशान्ति येक्तेन, कमला केरुङ, तुलसा नेम्वाङ, दिपेन योङहाङलगायत रहेको निर्वाचन मण्डलका संयोजक मधुराज केरुङले जानकारी दिए ।
अधिवेशनको उद्घाटन समारोहमा नृत्य, गायन, केलाःङ प्रस्तुतिसँगै केलाःङ सम्बन्धी विमर्श समेत गरिएको थियो । उक्त अधिवेशनलाई विभिन्न सांकृतिक जानकार, स्थानीय पार्टी प्रमुख, जनप्रतिनिधि र सरोकारवालाहरुले शुभकामना व्यक्त गरे का थिए ।
प्रतिक्रिया