महालक्ष्मी विकास बैंकका सामाजिक कार्यक्रम

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी, युवा क्लब, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् । बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषधसम्बन्धी जनचेतनामूलक बोर्डहरू हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागूऔषध अपराधसम्बन्धी जनचेतनामूलक बोर्डहरू राखी त्यस्ता कार्यलाई निरुत्साहित गर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैंकका सुदूरपश्चिम प्रदेशप्रमुख सुनीलकुमार नेपालले ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरीप्रसाद जैशीलाई उक्त बोर्डहरू हस्तान्तरण गरेका थिए ।
बैंकको कोटेश्वर शाखाद्वारा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर समाज सुधार युवा क्लबलाई खानेपानीको ट्यांकी हस्तान्तरण गरिएको छ । क्लब भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्यांकीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लबका अध्यक्ष सुवासकुमार रिमाललाई उक्त ट्यांकी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया