वीरगञ्जमा एनसेलको नयाँ सेन्टर

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले वीरगन्जको घन्टाघर नजिक नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रम माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका हुन् ।

यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्ने एनसेले जनाएको छ । सो नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्छन् ।

यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई–सिममा अपग्रेड गर्न, सियुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया