माधोपुरका आगलागी पीडितलाई मेयर यादवद्वारा राहत हस्तान्तरण

रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका मेयरबैजनाथ प्रसाद यादवले माधोपुरका आगलागी पीडितलाई राहतस्वरुप विभिन्न सामग्री सहयोग उपलब्ध गराएका छन् ।

माधवनारायण नगरपालिका–६ माधोपुरका आगलागी पीडित परिवारहरुलाई मेयर यादवले राहत स्वरुप तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री, ग्यास सिलिण्डर, चुल्हो, लत्ताकपडा, भाडाकुडा, त्रिपाल लगाएत सामग्री वितरण गरेका छन् ।

विहीवार दिउँसो अचानक माधोपुरका आशनारायण मुखिया विनसहित चार घरमा भिष्ण आगलागी भएको थियो । आगलागीबाट तिनवटा फुस र एक टालीको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

आगलागीबाट घरमा राखिएको लत्ताकपडा देखि खाद्यान्न लगाएतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि जनधनको क्षति भएको थियो । आगलागीमा परेर एक गोरु जलेर घाइते भएको थियो ।

आगलागीबाट घर सहित घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट हुँदा पीडित परिवार बिच्चलीमा परेका छन् । आगलागीबाट करिव १० लाख भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

आगलागीबाट चार परिवार घरवार विहिन हुन पुगेको सूचना पाउनेवित्तिकै राहतका साथ विहिवार साँझ अबेर घटनास्थल पुगेका माधवनारायण नगर प्रमुख बैजनाथप्रसाद यादवले आगलागीबाट पीडित भएका चारै परिवारलाई राहत उपलब्ध गराएका थिए ।

मेयर यादवले आगलागीबाट पीडित भएका चारै परिवारलाई चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाडाकुडा, ग्यास सिलिण्डर, चुल्हो, त्रिपाल लगाएतका सामग्री सहयोग गरेका छन् ।

मेयर यादवले पीडितहरुको घर निर्माणका लागि समेत आफुले सक्दो सहयोग गर्ने र पहलकदमी लिने समेत प्रतिबद्धता जनाएका थिए । सो अवसरमा मेयर यादवले घटनाबाट भएको क्षतिको निरीक्षण समेत गरेका थिए ।
आपद बिपदमा परेका नागरिकलाई हर प्रकारले सहयोग गर्न पछि नहट्ने नगर प्रमुख यादवले पीडितहरुको घरदैलोमै पुगेर उक्त सामाग्रीहरु हस्तान्त्रण गरेपछि पीडितहरु खुसी भएका छन् ।

नगर प्रमुख यादवले खाद्यान्न लागाएत सामग्री बितरण गरेपछी पीडितहरु निकै हर्षित भएका छन् । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव, इन्जीनियर नागेन्द्र यादव लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

आगलागीको कारण खुल्न सकेको छैन भने गौर नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगले प्रहरी र स्थानीयहरुले समयमै आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुनबाट जोगिएको थियो ।

प्रतिक्रिया